Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशपूर्वी नवलपरासीमा कोरोना सङ्क्रमणले एकको मृत्यु

पूर्वी नवलपरासीमा कोरोना सङ्क्रमणले एकको मृत्यु


गैँडाकोट, १८ भदौ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका वडा नं ५ का एक युवकको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा गत भदौ ९ गते भर्ना भएका ३७ वर्षीय युवकको आज दिउँसो २ बजे ज्यान गएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।

ती युवकमा अल्कोहलिक हेपाटाईटीस तथा मिर्गौला पीडित रहेकोमा भदौ १० गते कोरोना परीक्षण गर्दा पोजिटिभ पाइएको चितवन मेडिकल कलेजले आज निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्वी नवलपरासीमा यसअघि विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ का ६२ वर्षीय पुरुषको समेत कोरोना सङ्क्रमणका कारण ज्यान गएको थियो । पूर्वी नवलपरासीमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #Corona


प्रतिक्रिया दिनुहोस