Techie IT
×
गृहपृष्ठसमाचारउपत्यकामा ४४५ जना सहित देशभर १२२८ जना कोरोना संक्रमित थपिए

उपत्यकामा ४४५ जना सहित देशभर १२२८ जना कोरोना संक्रमित थपिए


काठमाडौं, १८ भदौ । पछिल्लो २४ घण्टामा देशभर एक हजार २२८ जना कोरोना संक्रमित थपिएका छन् । योँसगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या रहेको १८ हजार ४१३ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका ४४५ जना छन् । तीमध्ये काठमाडौंका ३५७ जना, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जना हुन् ।यसैगरी गत एक दिनमा कोरोना मुक्त भएर डिस्चार्ज हुने ९१७ जना छन् । अहिलेसम्म कोरोना निको हुनेको कुल संख्या २४ हजार २०७ रहेको छ ।

हाल क्वारेन्टिनमा रहनेको संख्या ६ हजार ७४९ र संस्थागत आइसोलेसनमा १० हजार ६७१ र होम आइसोलेसनमा रहनेको संख्या सात हजार ७४२ रहेको छ ।

गत २४ घण्टामा १३ हजार ४१३ पीसीआर परीक्षण भएको छ भने आजसम्म कुल सात लाख ३१ हजार ८५२ परीक्षण भइसकेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस