गृहपृष्ठ ∕
प्रदेश ∕
नवलपरासी प्रतापपुरका अध्यक्ष राजकुमारको कार दुर्घटनामा निधन
नवलपरासी प्रतापपुरका अध्यक्ष राजकुमारको कार दुर्घटनामा निधन
नवलपरासी, ३२ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको कार दुर्घटनामा परी भृत्यु भएको छ ।
गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा आइतबार उनी सवार गाउँपालिकाको लु१झ ३७० नम्बरको कार बर्दघाटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको उपचारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केशीले बताए।
शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन्। उनी खतरामुक्त रहेको बताइएको छ। कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो। अध्यक्ष शर्मा जिल्लामा विपद व्यवस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासीतर्फ गइरहेका थिए।
क्याटेगोरी :
प्रदेश,
लुम्बिनी प्रदेश,
समाचार