Techie IT
×
गृहपृष्ठप्रदेशकाभ्रेमा बन्चरो प्रहार गरी बुहारीको हत्या

काभ्रेमा बन्चरो प्रहार गरी बुहारीको हत्या


काभ्रे, १८ भदौ । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ डराउनेपोखरीमा जेठाजूले बन्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् । बिहीबार बिहान जेठाजु सुर्दशन अधिकारीले ३५ वर्षीय बुहारी रञ्जना अधिकारीलाई बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

श्यामपाटी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले बञ्चरो प्रहार गर्ने जेठाजु सुर्दशन अधिकारीलाई नियन्त्रणमा लिएको छ । मृतक रञ्जना डराउनेपोखरी स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएकाी छिन् । केही समयदेखि श्रीमान र श्रीमतीबीच सामान्य खटपट पर्दै आएको स्थानीयले जनाएका छन् ।

घट्नापछि जिल्लाबाट प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाको नेतृत्व घट्नास्थल पुगेको छ । घरायसी विषयमा विवाद हुँदा बन्चरो प्रहार गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । डीएसपी थापाले अनुसन्धान सुरु भएको बताए । हत्याको आरोपमा पक्राउ परेका सुर्दशन भारत बस्दै आएका भए पनि लकडाउन सुरु हुनुभन्दा अगाडि घरमा बस्दै आएका थिए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार


प्रतिक्रिया दिनुहोस