काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपियो
काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइने निर्णय भएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने भएका हुन् ।
यस पटकको निषेधाज्ञामा भने केही सेवालाई सञ्चालनको लागि छुट दिइएको छ । यस बारेमा सूचना जारी गरेर थप प्रष्ट पारिने सम्बद्ध स्रोतले बतायो ।
यसअघिको निषेधाज्ञामा नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।
औषधी लगायत अन्य अत्यावस्यकीय सेवा भने यसअघि पनि रोकिएको थिएन । यद्यवी वाहिर निस्कँदा मास्क लगाउन भने अनिवार्य गरिएको छ ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।
बुधबार मध्यरातिबाट यस अघि घोषणा गरिएको निषेधाज्ञाको अवधि समाप्त हुने भएकाले आज पुनः थप गरिएको हो ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#Corona