Techie IT
×
गृहपृष्ठसमाचारवीरगञ्जमा निषेधाज्ञा अवज्ञा गर्ने छ जना व्यवसायीहरूलाई एक महिना कैद !

वीरगञ्जमा निषेधाज्ञा अवज्ञा गर्ने छ जना व्यवसायीहरूलाई एक महिना कैद !


पर्सा, १७ भदौँ । जिल्ला प्रशासन कार्यालय, पर्साले सङ्क्रामक रोग नियन्त्रण ऐनअन्तर्गत सङ्क्रमण फैलाउन खाजेको आरोपमा मङ्लबार वीरगन्जका छ जना व्यवसायीहरूलाई एक महिना कैद र जनही एक सय रुपियाँका दरले जरिवाना गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा आदेशको अवज्ञा गरी पसल सञ्चालन गर्ने श्याम साह कानु, मनिषकुमार कापर, सञ्जित साह कानु, नवनित कुमार कुश्वाहा, श्यामप्रसाद श्रेष्ठ र सुनिल गिरीलाई जनही एक महिना कैद र रु एक सयका दरले जरिवाना गरिएको जानकारी दिए ।

उनले कैदबापतको रकम प्रतिदिन तीन सय रुपियँका दरले नौ हजार रुपियाँ र जरिवाना एक सय गरी जम्मा नौ हजार एक सय रुपियाँ बुझाएर सोही दिन छाडिएको बताए ।

प्रजिअ तामाङले रेडजोनमा रहेको पर्सा जिल्लामा बुधबारदेखि ुनो मास्क नो मुभुलाई अभियानकै रुपमा सञ्चालन गर्ने र तोकिएको सवारी साधनबाहेक सवारी चलाउनेहरूमाथि कडाइका साथ सङ्क्रामक रोग नियन्त्रण ऐनअन्तर्गत कार्यबाही गरिने जानकारी दिए ।

बन्दका कारण सर्वसाधारणको पीरमर्का तथा जनजीवन प्रभावित भएको कुरा स्थानीय प्रशासनको जानकारीमा रहेकोले जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज उद्योग वाणिज्य सङ्घको समन्वयमा शुक्रबारदेखि निषेधाज्ञालाई केही सहज र खुल्ला गर्ने सूचनासमेत जारी गरिसकेको अवस्थामा केही व्यवसायीहरू निजी स्वार्थका लागि आफ्नो र सर्वसाधारणहरूको स्वास्थ्यप्रति सचेत नभई निषेधाज्ञाको अवज्ञा गर्ने गरेकोले बाध्य भई कारबाहीको प्रक्रिया अगाडि बढाउनुपरेको प्रजिअ तमाङको भनाइ छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #birgunj, #breaking, #Corona, #निषेधाज्ञा


प्रतिक्रिया दिनुहोस