पोखरा, १७ भदौ । पोखरा महानगरपालिकाको वडा नं २३ मा रहेको फेवा सिल्टटेसन ड्याम निर्माण भएको तीन महिना नपुग्दै भत्किएको छ । निर्माण सम्पन्न भएको तीन महिना नपुग्दै फेवाताल संरक्षणका लागि निर्माण गरिएको सिल्टेसन पोखरी र चेकड्याम भत्किएको हो । अविरल वर्षासँगै आएको बाढीले अँधेरी खोलाको सिल्टेसन ड्यामको ५० मिटर भाग बगाएको छ ।
प्रावधिक कमजोरीका कारण डयाम भत्किन गएको वडा नम्बर २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुलीको भनाइ छ । महानगरले त इन्जिनियर दिने हो, इन्जिनियरले दायाँ बाायाको सतह हेरेर पर्खा लगायनु पर्ने तिर ध्यान दिएन् ठेकेदार काममा भएको लापरवाही र महानगरको ध्यान केन्द्रित नहुँदा ड्याम भत्किएको ।’ पराजुलीको दावी छ ।
प्रदेश कृषि मन्त्रालयले सञ्चालन गरेको जग्गा चक्लाबन्दी कार्यक्रमका अध्यक्ष विष्णुप्रसाद दाहालले भुसंरक्षण र स्थानीयको ५० प्रतिशत सहभागीताका बनाएको पुरानो जलाधारको ड्यामलाई भत्काएर नयाँ ड्याम बनाउँदा अँधेरी खोला वा अहिलेको खहरेखोला सिल्टेसन ड्याम भत्किएको दावी गरे ।
एक हप्तामा थुप्रिएका गिटी बालुवा सफा गर्ने आश्वसन महानगरले दिएको तर सफा गर्न नगर्दा थुप्रिन गर्न ड्याम फुटन गएको दाहालको भनाइ छ । पानीको वहाव स्टडी गरि संरचना बनाउनु पर्नेमा उचाइ लगायतका डिजाइन कमजोर हुँदा समस्या सृजना भएको उनले बताए। उनले भने ,१० दिन अगाडि थुप्रिएको गिटी, बालुवा निकाल्न एक्साभेर पठाएको भए यो अवस्था आउने थिएन् ।
५० वर्षकै ठुलो बाढि आएका कारण थिग्रिएको गिटि वालुवा समयमा निकाल्न नसक्दा समस्या निम्तिएको पोखरा महानगरपालिकाका इन्जिनियर बिमल आचार्यको भनाइ छ । ९ करोड ६ लाख लगानीमा बनेको उक्त डयाम समय अगावै सकिएको उहाँले बताउनु भयो । ‘हामीले सकेसम्म गुणस्तरीय नै बनाएका हौं, ५० वर्षको अवधीकै सबभन्दा ठुलो बाढी यो वर्ष आयो ।’ थुप्रिएको गिटी बालुवा ग्राभेलले गर्दा ड्यामले भार थेक्न नसक्दा भत्किएको हो, । उनले भत्किदा गुणस्तर हिन भन्ने आरोप गलत रहेको दावी गरे । गुणस्तर हिन संरचना नभइ अन्य कारणले समस्या आएको आचार्यको भनाइ छ ।
पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले क्षतिको तत्काल प्रावधिक सहितको टोलिले अनुसन्धान गरि कमी कमजोरी पत्ता लगाउने जानकारी दिए ।
२ सय ५० मुरी जेठोबुढो धानमा क्षति
उक्त डयाम भत्किदा २ सय ५० मुरी जेठोबुढो धानमा क्षती पुगेको प्रदेश कृषि मन्त्रालयले सञ्चालन गरेको जग्गा चक्लाबन्दी कार्यक्रमका सचिव सूर्य भण्डारीका जानकारी दिए । भण्डारीका अनुसार कार्यक्रम अन्तर्गत अनुदानमा सञ्चालन भएको करिब १५६ रोपनी क्षेत्रफलमा रहेको धान खेत बगरमा परिणत भएको छ । गत वर्ष देखि शुरुवात गरेको जेठोबुढो धानले यो वर्ष २०० सय रोपनीमा १ सय ५६ रोपनी बगरमा परिणत भयो,सुधारिएको जेठोबुढो लगाएका थियौ, जसलाइ प्रदेशको ज्ञान केन्द्रले विउ उत्पादन गर्दा १४ हजार प्रति मुरी दिएको थियो, यो वर्ष पनि धेरै बिउ उत्पादन गर्ने योजना थियो तर सफल भएन् ।
भण्डारीले प्रदेश सरकारको प्राविधिक टिमले क्षतिको निर्धारण गर्ने जानकारी समेत गराए ।
त्यसैगरि ड्याम बगाउँदा खोलाले बाटो परिवर्तन गएको छ जसले खिमलाल भण्डारीको कुखुरा फामर्मा ३ सय ५० बढी कुखुरा २० बोरा दाना बाढीले बगाएको छ । भण्डारी भन्छन्, गाडीको व्यवसाय पनि गर्दै आएका भण्डारी कोरोनाको असरले गाडी व्यवसाय बन्द हुँदा कृषि तिर लागेको बताए । उता भएन् भनेर यता लागे सबै नास भयो। राहत माग्न कता जाने ? झन्झिटिलो प्रक्रिया हुने होला, । बस्तीको ख्याल नगरि ड्याम निर्माण गर्दा समस्या उत्पन्न भयो ।
फेवाताल जलाधार संरक्षण कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिको २३ र २४ वडा अन्तर्गत पामेको बेतेनी खोला, लौरुक खोला, हर्पन खोला र अँधेरीखोलामा ड्याम निर्माण गरेको छ । गोरखापत्रअनलाइनबाट
क्याटेगोरी :
प्रदेश,
गण्डकी प्रदेश,
समाचार