Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशपर्वतमा पहिरोले घर पुर्दा आठ जनाको मृत्यु

पर्वतमा पहिरोले घर पुर्दा आठ जनाको मृत्यु


पर्वत, ३२ जेठ । पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राति पहिरोले घर पुरिँदा बेपत्ता भएका मध्ये आठ जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार शनिवार राति ५२ वर्षीय मीनकुमारी थापा र उनकी नातिनी ८ वर्षीया बिबिसा थापाको शव भेटिएको थियो भने आइतबार बिहान थप ६ जनाको शव भेटिएका हुन्।

आइतबार बिहान फेला परेकाहरूमा ३२ वर्षीया कमला बिक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा बिक, ३० वर्षीया दिपा थापा, ५२ वर्षीय तुलबहादुर थापा, १४ वर्षीय सम्राट थापा र १७ वर्षीय विवेक थापा रहेका छन्।

घरसँगै पुरिएका १६ वर्षीय जेनिस बिक भने अझैसम्म पनि फेला परेका छैनन्। बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले पहिरो गएलगत्तैबाट उद्धारको काम सुरु गरेका थिए। रातिमा उद्धार गर्न कठिन भएपछि आइतबार बिहानबाट उद्धार कार्य सुचारु भएको थियो। घर रहेको स्थान नै नचिनिने गरी पहिरोले लगेका कारण बेपत्ता भएकाको खोजीका लागि पहिरो स्थानको धेरै भागमा कोदाली र गैँतीले खनीरहनुपरेको छ।

आइतबार साँझ ६ बजेबाट २ घण्टासम्म भएको भीषण वर्षापछि घरहरू रहेको ठाउँभन्दा झन्डै ३ सय मिटर माथिको वन क्षेत्रबाट पहिरो आएको थियो। पहिरोमा परी मृत्यु भएकाहरूमध्ये कमला, प्रमिशा र बेपत्ता रहेका जेनिश बिक एउटै परिवारका हुन भने, मृत अवस्थामा फेला परेका अन्य ६ जना एउटै परिवारका हुन्।

पहिरोले कुल ३ घरमा प्रत्यक्ष असर गरेकोमा कमला र तुलबहादुरको घरको निसान समेत नरहने गरी पुरेको छ। गाउँमा नै पसल सञ्चालन गर्दै आएका भुवन गिरीको घरमा केही क्षति भएको छ।


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश, समाचार
ट्याग : #breaking, #landslide


Leave a Reply

Your email address will not be published. Required fields are marked *