Techie IT
×
गृहपृष्ठसमाचारहटस्पट बनेको जिल्ला नियन्त्रण गर्नु सुझाव

हटस्पट बनेको जिल्ला नियन्त्रण गर्नु सुझाव


जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन । स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा आज जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकोले हटस्टप बनेको भन्दै नियन्त्रण गर्नुपर्ने बताए ।

मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी सङक्रमित रहेका छन । आज एकै दिन एक हजार ६९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा सङ्क्रमण देखिएको छ ।

“ति १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्ंक्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौ ”, उनले भने ।
जनस्वास्थ्यविद् डा. तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले सङ्क्रमण बढिरहेकोसमेत जानकारी दिए । महिलामा ८ प्रतिशत, बुद्धामा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ । परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा सङ्क्रमित बढिरहेको तथ्यांकले देखाएको उनको भनाई रहेको छ । डा. तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने बताए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य


प्रतिक्रिया दिनुहोस