गृहपृष्ठ ∕
समाचार ∕
केन्द्रीय कारागार सुन्धारामा कोरोनाले एक कैदीको मृत्यु
केन्द्रीय कारागार सुन्धारामा कोरोनाले एक कैदीको मृत्यु
काठमाडौं १६ भदौ । केन्द्रीय कारागार सुन्धारामा एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
केन्द्रीय कारागारमा रहेका ४० वर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिए ।
उनी आफनो परिवारको ज्यान मारेको अभियोगमा जेल चलान भएका थिए । ललितपुरमा स्थित मेगा हस्पिटलमा उपचारको क्रममा हिजो बेलुका उनको मृत्यु भएको महानिर्देशक पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार भदौ १० गते कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरेकोमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
क्याटेगोरी :
समाचार
ट्याग : #Corona,
#hot