Techie IT
  • २०८० चैत्र १५, बिहीबार

दोलखाको कालिञ्चोकमा मानव कङ्काल भेटियो


दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ । पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही भाग मात्रै देखिएको छ । उक्त स्थानमा मालिङ्गो काट्न जाने क्रममा मङगलबार दिउँसो करिब १ बजे मानव कङ्काल भेटिएपछि स्थानीयले वडाध्यक्ष पदमबहादुर थामीलाई खबर गरेका थिए । वडाध्यक्ष थामीले विगु चौकी , सिङगटी चैकी र चरिकोट प्रहरी चौकीमा खबर गरेको बताए । बुधबार बिहान करिब ८ बजे चरिकोट प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि सदरमुकाम पठाइएको छ। उक्त शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट