Techie IT
  • २०८१ वैशाख ८, शनिबार

देशभर विद्यार्थी भर्ना अभियान सुरु : विद्यार्थीले भर्ना भएकै दिन किताब पाउने सरकारको दाबी


काठमाडौं । सरकारले आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरु भएको हो । विगतका वर्षहरुमा गरिएका प्रयासबाट भर्ना दर उत्साहजनक रहेको तर विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन नसकिएको अवस्थामा भर्ना अभियानलाई थप प्रभावकारी बनाउने शिक्षा मन्त्रालयले जनाएको छ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ । यसपटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसवर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १ देखि ५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६ देखि १० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन् । केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको जनाएको छ । निजी मुद्रणले कक्षा १ देखि ५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन्। पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी मुद्रण संस्थाले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा पाएका छन् । केन्द्रका अनुसार हिजोसम्ममा ५६ वटा जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी २१ जिल्ला तराईका छन् । तराईका जिल्लामा पाठ्यपुस्तक पुर्याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको हो । बाँकी जिल्लामा पनि केही दिनमै पाठ्यपुस्तक पुर्याइसक्ने केन्द्रको दाबी छ । विगतमा पाठ्यपुस्तक पुग्नै समय लाग्ने गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले यसपटक विद्यार्थीलाई भर्नाकै समयमा पुस्तक पुर्याउने बताए । तर पुस्तकको सेट किन्दा एक, दुईवटा अपुग हुन सक्ने उनको भनाइ छ । विकट जिल्लाहरु हुम्ला, जुम्ला, कालीकोटमा पनि पाठ्यपुस्तक पुगिसकेको छ । वैशाखको पहिलो हप्ताभित्र नै सबै जिल्लामा पुस्तक पुर्याउने सरकारको दाबी छ । देशभर सामुदायिक, संस्थागत र धार्मिक गरी ७२ हजार ८ सय ९५ वटा विद्यालय छन् । यी विद्यालयमा झण्डै ८१ लाख ६ हजार विद्यार्थी अध्ययनरत छन् ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट