Techie IT
×
गृहपृष्ठसमाचारतेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

तेह्रथुममा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु


तेह्रथुम । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज बुधवार एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको ज्यान गएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिनुभयो । इङनामको घटनास्थलमै ज्यान गएको हो ।

इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस