Techie IT
×
गृहपृष्ठसमाचारबालिकामाथी कोही नभएको मौकामा अनैतिक क्रियाकलाप

बालिकामाथी कोही नभएको मौकामा अनैतिक क्रियाकलाप


विदुर नगरपालिका–९ कोलनी बस्ने ४८ वर्षीय सुरेश श्रेष्ठलाई शनिबार साँझ सोही स्थानमा निर्माणाधीन टिनको कटेजमा एक बालिकालाई कोही नभएको मौका पारी पैसा दिन्छु भनी अनैतिक क्रियाकलाप गरेकोमा प्रहरीले मुद्दा दर्ता गरेका छन् ।

पीडितका आफन्तकी छोरीले सो घटना देखेपछि प्रतिवादी श्रेष्ठ भागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए । उनका अनुसार पीडित बालिकाले आफ्नो परिवारलाई घटनाबारे जानकारी दिएपछि प्रहरीले तत्कालै श्रेष्ठलाई पक्राउ गरी आज उनीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

अभियुक्त श्रेष्ठलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस