Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशगुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु


गुल्मी, १६ असोज । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाको निर्माणाधीन अस्पतालमा काम गरिरहेका बेला करेन्ट लागेर भारतको छोटावासीनभार ग्राम परमानन्दपुर पोष्ट वसन्तपुरका २८ वर्षीय मोहम्मद आजातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शनिबार दिउँसो काम गर्दै गर्दा करेन्ट लागेर घाइते हुनुभएका आजातको राति गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भारत घर भएका आजात लामो समयदेखि अर्जुन विल्डर्स कम्पनी तम्घासमा कामदारको रूपमा कार्यरत थिए । सो अस्पतालको निर्माण कार्य अर्जुन बिल्डर्स तम्घास गुल्मीले गरेको थियो ।

शवलाई पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस