Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशबुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु


बुटवल, १४ भदौ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइतबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको दिउँसो उपचारका क्रममा मृत्यु भएको कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

मृतकमा पहिलेदेखि नै मुटुरोग, मधुमेह र प्रेसरको रोग रहेको अस्पतालले जनाएको छ । बुटवल उपमहानगरमा अहिलेसम्म कोरोनाबाट तीन जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #Corona


प्रतिक्रिया दिनुहोस