Techie IT
×
गृहपृष्ठप्रदेशकोसी प्रदेशधरानमा कोरोना संक्रमित आमा छोराको मृत्यु

धरानमा कोरोना संक्रमित आमा छोराको मृत्यु


विराटनगर, १४ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी धरान–१७ का दुई जना सङ्क्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । धरान उपमहानगरपालिका १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराईका अनुसार मृतक आमा, छोरा हुन् ।

एक साता अगाडिबाट अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते (शनिबार) साँझ अस्पताल भर्ना गरिएको थियो । स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा आइतबार कोरोना पोजिटिभ देखिएको थियो । यसैगरी दश दिनअगाडिदेखि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ नै भर्ना गरिएका पुरुषमा समेत आइतबार नै कोरोना सङ्क्रमण पोजिटिभ देखिएको थियो । पुरुषलाई समेत परिवारले शनिबार नै बीपीमै भर्ना गरेका हुन् ।

प्रवक्ता सापकोटाका अनुसार पुरुषमा विगत दुई महिनादेखि कलेजोमा समस्या देखिएको थियो । उनको आइतबार बिहान ७ः ४५ बजे मृत्यु भएको हो ।


क्याटेगोरी : प्रदेश, कोसी प्रदेश, समाचार
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस