Techie IT
  • २०८१ वैशाख ११, मंगलबार

गृहका प्रतिनिधि र मिटरब्याज पीडित बीचको वार्ता निश्कर्ष विहिन, भोली पुनः वार्ता हुने


काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच वार्ता निश्कर्ष विहीन भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको टोली पीडितहरु बसेको माइतीघरस्थित शान्ति बाटिका पुगेर वार्ता गरेपनि बर्ताबाट सहमति जुट्न सकेन । सरकारी टोलीमाझ पीडितहरुले ६ बुँदे माग अघि सारेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका तर्फबाट अघि सारिएका मागहरुमा मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत (तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन (छिनुवा) पास, कतिपय अवस्थामा चेक समेत आदि) मन्त्रीपरिषदस्तरीय निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, कानुन मन्त्रालयमा अड्किएको ’मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ ले सिफारिस गरेको कानुनी मस्यौदा तत्काल संघर्ष समिति र पीडितको जानकारीमा ल्याउनुपर्ने लगायत छन् । मिटरब्याज पीडितसँग भोलि (सोमबार) पुनः वार्ता हुने भएको छ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट