Techie IT
  • २०८१ वैशाख १३, बिहीबार

गुल्मीमा आगो निभाउने क्रममा एक बालकको मृत्यु, एक जना घाइते


गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जना बालकको मृत्यु भएको छ । आगोमा जलेर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको उपचारका क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो । बर्दवास जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि परिवारसहित आगो निभाउन गएका मुखियालाई आगोको लप्काले पोलेको थियो । आगो निभाउने क्रममा हाडहाडेकै ५५ वर्षका धनबहादुर कुँवर घाइते भएका छन् । उनलाई पाल्पामा उपचार हुन नसकेपछि आज बिहान थप उपचारका लागि बुटवल रेफर गरिएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए । यसैबीच गुल्मीको ईस्मा गाउँपालिकामा हिजो भएको आगलागीमा दुई वटा घर र तीन वटा गोठ पूर्णरुपमा नष्ट भएका छन् । स्थानीय सामुदायिक वनबाट लागेको आगो एक्कासी गाउँ पसेपछि घर–गोठसहित अन्न र लत्ता कपडा जलेर नष्ट भएका छन् । दुई हप्तादेखि गुल्मीका सामुदायिक वन एवम् राष्ट्रिय वनमा डढेलो र आगलागीका घटना बढेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट