Techie IT
×
गृहपृष्ठसमाचारसैनिक मुख्यालय भद्रकालीमा सिपाहीले गोली हानी आत्महत्या गरे

सैनिक मुख्यालय भद्रकालीमा सिपाहीले गोली हानी आत्महत्या गरे


काठमाडौं, १४ भदौ । भद्रकालीस्थित सैनिक मुख्यालयमा गोली चलेको छ । प्रारम्भिक अनुसन्धानमा एक सिपाहीले गोली हानेर आत्महत्या गरेको बुझिएको छ ।

आर्मीको पेट्रोल पम्पमा खटिएका सिपाहीले कञ्चटमा गोली हानेका हुन् । घटना आइतबार बिहान ३ बजेको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले घटनाको अनुसन्धान भइरहेको बताए ।

सो घटना सम्वन्धी जवानको नजिकका नातेदारलाई जानकारी गराइसकिएको नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी शव पोष्टमार्टम गर्न त्रि.वि.शिक्षण अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान शुरु गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


प्रतिक्रिया दिनुहोस