Techie IT
×
गृहपृष्ठप्रदेशसुनकोशी गाउँपालिकामा पहिरोले चार घर पुर्यो

सुनकोशी गाउँपालिकामा पहिरोले चार घर पुर्यो


सिन्धुपाल्चोक, १४ भदौ । आज बिहानीपख सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय रेशम बोहोराले जानकारी दिए ।

केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरोमा परेको बोहोराले जानकारी दिए । घटनास्थलमा सुरक्षाकर्मीको टोली उद्धारका लागि भर्खरै पुगेकाले क्षतिको विवरण आउन बाँकी छ । पीडितहरुका लागि प्रदेश सरकारले आवश्यक सबै व्यवस्थापन गर्ने घटनास्थल पुग्नुभएका वाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले बताए ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार