Techie IT
×
गृहपृष्ठअर्थडलरको भाउ आज अहिलेसम्मकै उच्च : विनिमयदर १३१ रुपैयाँ ४१ पैसा पुग्यो

डलरको भाउ आज अहिलेसम्मकै उच्च : विनिमयदर १३१ रुपैयाँ ४१ पैसा पुग्यो


काठमाडौं । अमेरिकी डलरको भाउ आज अहिलेसम्मकै महँगो भएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा निर्धारण गरेको छ।

एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ। पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो ।

डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घट्छ । भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष रुपमा प्रभावित हुन्छ ।

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot

तपाईको प्रतिक्रिया दिनुहोस