Techie IT
×
गृहपृष्ठसमाचारनाई संघसँग पनि व्यवसायिक सहकार्यको समझदारी गर्न प्रेस काउन्सिललाई पत्रकार महासंघका पूर्व सभापति निष्ठुरीको सुझाव

नाई संघसँग पनि व्यवसायिक सहकार्यको समझदारी गर्न प्रेस काउन्सिललाई पत्रकार महासंघका पूर्व सभापति निष्ठुरीको सुझाव


काठमाडौं, १२ असोज । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति विष्णु निष्ठुरीले प्रेस काउन्सिल नेपालले नाई संघसँग पनि व्यवसायिक सहकार्यको समझदारी गर्नुपर्ने भन्दै व्यंग्य प्रहार गरेका छन् ।

उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रमजिवी पत्रकारका मसिहा’ रामप्रसाद दाहालका अनुसार, प्रेस काउन्सिल नेपालले ठेकेदारहरुको संगठन निर्माण व्यवसायी महासंघसँग सहकार्यको समझदारी गरेको छ। उदेश्य खुल्दै जाला।

मेरो सुझाव छ, अब काउन्सिलले नेपाल नाई संघसँग पनि व्यवसायिक सहकार्यको समझदारी गर्नुपर्छ। समयमा तनखा नपाएर जिंग्राएका पत्रकारले समयमै कपाल र दारी छिमल्न पाए भने कमसेकम दरिद्र अनुहारमा क्षणिक नै सही खुशी त झल्किने छ। यसमा नेपाल पत्रकार महासंघले पनि ऐक्यवध्दता जनाउला नै।

दशैं आएको छ अरु पनि रुचिगत क्षेत्रका संघसंस्था खोजेर सहकार्य गर्दा हुन्छ। साना तथा मझौला मदिरा उत्पादक संघले त पक्कै स्वागत गर्ला। तिव्वततिरका च्यांग्रा व्यापारीले चित्त दुखाउलान् है।’

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस