Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशपर्वतमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु, ६ जना बेपत्ता

पर्वतमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु, ६ जना बेपत्ता


पर्वत, ३२ जेठ । पर्वतको कुश्मा नगरपालिका ३ मा पहिरोले तीन जनाको ज्यान गएको छ ।

पहिरोले दुर्लुङको काउलेका दुई वटा घर पनि बगाएको छ । पहिरोमा ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अहिले खोजी भइरहेको छ ।

शनिबार बेलुका परेको पानी पछि पहिरो गएको हो ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #breaking, #landslide


तपाईको प्रतिक्रिया दिनुहोस