Techie IT
×
गृहपृष्ठसमाचारआज १२ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २०७ पुग्यो

आज १२ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २०७ पुग्यो


काठमाडौं, १३ भदौ । नेपालमा कोरोना भाइरसका कारणले पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन् । तीनमहिला र नौजना पुरुषको भाइरसका कारणले मृत्यु भएको हो ।

योसँगै यसरी ज्यान गुमाएकाहरुको सङ्ख्या २०७ पुगेको छ । नेपालमा कोरोना भाइरसले मृत्यु भएको शुन्य दशमलब ५५ प्रतिशत पुगेको छ ।
पाल्पामा ३० वर्षीया, काठमाडौंमा ५१ वर्षीया र भक्तपुरमा ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै, पर्सामा ४८ र ४९ वर्षीय, सिरहा ८४ वर्षीय , गोरखा ३८ वर्षीय, कास्कीमा ५८ वर्षीय , काठमाडौं ४३ वर्षीय र ललितपुरमा ७२ र ६१ वर्षीय पुरुष र भक्तपुर ८२ वर्षीयको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौं उपत्यकामा २४ घण्टामा छजनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार