Techie IT
×
गृहपृष्ठसमाचार‘अस्पतालमा भेट्ने इच्छा भए पछिपछिलाई साँच्नुहोला’ भन्दै अस्ताए ‘हेड सर’

‘अस्पतालमा भेट्ने इच्छा भए पछिपछिलाई साँच्नुहोला’ भन्दै अस्ताए ‘हेड सर’


फणीन्द्र फुयाल ज्वाला

काठमाडौं, ९ असोज । गोविन्द गजुरेल ‘हेड सर’का नामले सिन्धुलीमा चर्चित थिए । ६९ वर्षीय एक कुशल प्रशासक, शिक्षाविद् एवम् समाजसेवी गजुरेलको उपचारको क्रममा दिल्लीस्थित म्याक्स अस्पतालमा आइतबार निधन भएको हो । पोष्ट कोभिड–१९ का कारण गजुरेलको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

उनले रामेछापको ठोसेस्थित शारदा माध्यामिक विद्यालय, सिन्धुलीको कमला मावि ढुंग्रेबासमा अध्यापन गरेपछि सिटिइभिटी लाहान , जिरी, हुँदै सिटिइभिटीको सदस्य–सचिव र त्यसपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य-सचिवको जिम्मेवारीवाट सेवा निवृत भएका थिए।

उनी सिन्धुलीको मात्र नभइ देशकै एक कुशल शिक्षक एवम् प्रशासक थिए ।

जिल्लाको शैक्षिकस्तर सुधार्न गत २७ भदौमा पनि उनी सिन्धुलीका शिक्षकहरूसँग अन्तक्रियामा सहभागी थिए ।

काठमाडौंको एक अस्पतालमा उपचारका क्रममा अस्पतालले प्रदान गरेको सेवा र अस्पताल प्रशासन र व्यवस्थापनमा गजुरेलले भोगेको तीतो अनुभव सामाजिक सञ्जालमा यसरी लेखेका थिए :

‘अस्पतालमा पहिलो रात !
पटक पटक बिरामी भइयो । अस्पतालहरू पनि धेरै चाहारियो तर रात बस्ने अवस्था चाहिँ पहिलोपटक आयो । सेवामुखी डाक्टर र नर्सहरू तर व्यवस्थापन दिक्कलाग्दो । दशैेँको बेलामा बसको टिकट जस्तो एउटै सिटको टिकट दुईजना यात्रुलाई, एउटै वेडमा दुईजना विरामीलाई सिफारिस । किन यस्तो भनेर प्रश्न पनि गरिएन किनकि अर्का विरामी आफ्नै भाइ परेछन् । मुलुकको व्यवस्थापनसँग तुलना गरेर मज्जाले चित्त बुझाइयो । सापेक्षतामा रमाउनुको आनन्द ।
प्रिय शुभचिन्तकहरु !
अस्पतालमा भेट्ने इच्छा भए पछिपछिलाई वा अरुअरूलाई साँच्नु होला। अहिलेलाई मनको शुभेच्छा, सन्देश वा विद्दुतीय पत्र मनग्गे हुनेछ ।
अनुभवलाई साझा गर्नेनैछु ।’


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #govinda gajurel, #hot

तपाईको प्रतिक्रिया दिनुहोस