Techie IT
×
गृहपृष्ठसमाचारआज मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनको मोडालिटीबारे निर्णय हुने

आज मन्त्रिपरिषद्को बैठक बस्दै, लकडाउनको मोडालिटीबारे निर्णय हुने


प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अहिले मुलक लकडाउनको अवस्थामा रहेतापनि लामो समयको लकडाउनले जनता उकुसमुस भएर बाहिर निस्कन थालेका छैन । यसै सन्दर्भलाई लिएर आज लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रपरिषद् बैठक बस्ने भएको हो।

आजको बैठकमा लकडाउनको मोडालिटीबारे निर्णय हुन सक्ने स्रोतले जनाएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो । त्यसबीचमा समितिको बैठक पटक पटक बस्दै आईरहेको भएपछि लकडाउन मोडालिटीको खाका भने सार्वजनिक गरेको छैन् । तर समितिले आर्थिक गतिविधिलाई सहज बनाउने गरी लकडाउन खुकुलो बनाउदै लैजाने बताउदै आएको छ ।

समितिले बुझाएको सुझावको आधारमा सरकारले लकडाउनको बारेमा आवश्यक निर्णय गर्नेछ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भने गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। जारी लकडाउन जेठ ३२ गते सकिनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस