Techie IT
×
गृहपृष्ठप्रदेशलुम्बिनी प्रदेशरुकुम पूर्वको भूमे गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

रुकुम पूर्वको भूमे गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु


रुकुम पूर्व, ६ असोज । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

काठमाण्डौबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रकाश डाँगीले जनाकारी दिए । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी डाँगीले बताए ।

बस सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस