Techie IT
×
गृहपृष्ठप्रदेशपाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु


काठमाडौँ, १३ भदौ । काठमाडौँ उपत्यकामा कोरोना सङक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचाररत दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौँकी ५१ वर्षीया महिला र भक्तपुरकी ६१ वर्षीया महिलाको मृत्यु भएको हो । भक्तपुरकी महिलाको आईसीयूमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

उनी भदौ ८ गते उपचारका लागि भर्ना भएकी थिइन् । आईसीयूमा उपचाररत उनको बिहान ६ बजेर ४० मिनेटमा निधन भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अधिकृत उपेन्द्र अर्यालका अनुसार काठमाडौँकी ५१ वर्षीया महिलाको शुक्रबार राति करिब ११ बजे उपचारकै क्रममा निधन भएको छ । उनी गत साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस