Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशमकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको ज्यान गयो

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको ज्यान गयो


हेटौंडा, ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्युभएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ६ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका छ । जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेको छ ।

दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #breaking, #bus accident


तपाईको प्रतिक्रिया दिनुहोस