Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशवीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

वीर अस्पताल क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर


काठमाडौं, ६ असोज । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरले जनाएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #doger


तपाईको प्रतिक्रिया दिनुहोस