Techie IT
×
गृहपृष्ठसमाचारबाजुरामा ५ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ

बाजुरामा ५ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ


बाजुरा, १२ भदौ । बडिमालिका नगरपालिका-७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने ५५ वर्षीय धन बहादुर विक र ३५ वर्षीय सौरे लुहार रहेका छन् ।
उनीहरुलाई प्रहरीले जाँच गर्ने क्रममा घर छेउमा लुकाई राखेको अवस्थामा लोड गरेको उक्त बन्दुक फेला परेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस