रूपन्देही जिल्लामा आज भएका दुई फरक फरक घटनामा दुई जनाको ज्यान गएको छ । सैनामैना नगरपालिकामा भएका घटनामा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सैनामैना– ९ बनरहामा करेण्ट लागेर एक पुरुषको मृत्यु भएको छ । करेसाबारीमा पानी लगाउन विद्युतीय मोटर चलाउने क्रममा तारमा छोइँदा ४० वर्षीय भीमबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका नेपालीको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउँदै गर्दा बाटामा मृत्यु भएको थियो ।
आजै पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैना –५ बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकले ठक्कर दिँदा घाइते भएका सैनामैना– ६ कलौनीका १६ वर्षीय विनोद विकको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
क्याटेगोरी :
समाचार