Techie IT
×
गृहपृष्ठसमाचारसंविधान दिवसका दिन ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित (सूचीसहित)

संविधान दिवसका दिन ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित (सूचीसहित)


काठमाडौं, ३ असोज । सरकारले सोमबार नौ सय ९८ जनालाई विभिन्‍न पदकद्वारा विभूषित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन विभिन्न क्षेत्रका ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएकी हुन् ।

गत भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन्। भण्डारीले संविधान दिवनमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाल रत्न मानपदवी पूर्व प्रधानमन्त्री स्वर्गीय सुशिल कोइराला, राष्ट्रिय गौरवबाट तीनजना स्वर्गीय जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुने भएका छन् ।

त्यस्तै, सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतविद डा. जगमान गुरुङ विभुषित हुने भएका छन् ।

 

 

 


क्याटेगोरी : समाचार, साहित्य
ट्याग : #breaking, #padak


तपाईको प्रतिक्रिया दिनुहोस