Techie IT
×
गृहपृष्ठसमाचार९२७ जना कोरोना सङ्क्रमित थपिए

९२७ जना कोरोना सङ्क्रमित थपिए


काठमाडौँ, १२ भदौ । विगत २४ घण्टामा ९२७ कोरोना सङ्क्रमित थपिएका छन् । थप ३३४ महिला र ५९३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३६ हजार ४५६ पुगेको जनाएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार १९ रहेका छन् । होम आइसोलेसनमा छहजार ४४६ र संस्थागत आइसोलेसनमा नौ हजार ५७३रहेका छन् ।

आइसीयूमा १६४ जना रहेका छन् भने भेन्टिलेटरमा २२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार २४२ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेको छन् । यसरी उपचारपछि घर बस्ने सङ्ख्या आठ हजार ९३९ रहेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार