Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियदुई विमान एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु

दुई विमान एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु


काठमाडौं, २ असोज । अमेरिकाको कोलोराडोमा शनिबार हावामा दुई विमान एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

अधिकारीहरुले दिएको जानकारीअनुसार दुर्घटना भएका विमानमध्ये एउटामा दुई र अर्को विमानमा एकजना सवार थिए। दुवै विमानको अवशेष फरक फरक स्थानमा पाइएको थियो।

शनिबार बिहान उक्त दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ । दुर्घटनामा परेका विमानहरुमा एउटा केसेना १७२ र अर्को सोनेक्स सेनोस रहको बताइएको छ।

मृतकको पहिचान भने खुलाइएको छैन। अहिले यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, रोचक, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस