Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशपोखरा घुमघाममा व्यस्त साम्राज्ञी

पोखरा घुमघाममा व्यस्त साम्राज्ञी


पोखरा, ३० भदौ । बेलायत र फ्रान्सका विभिन्न सहरमा एक महिना चलेको सुटिङ सकेपछि साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले नेपाल घुमघाममा व्यस्त छिन् ।

उनी यतिबेला तालनगरी पोखरामा छिन् । बुधबार राति इन्स्टाग्राममा उनले पोस्ट गरेको स्वीमवेयरसहितको तस्वीरमा साम्राज्ञी ‘हट’ देखिन्छिन् । पोखराको भिल्ला कर्माबाट पोस्ट गरिएका केही तस्वीरमा साम्राज्ञीको मादकता र सौन्दर्य खुलेको छ । हात र कोखामा साम्राज्ञीको आकर्षक ट्याटु पनि देखिन्छ ।

साम्राज्ञीसँगै फेवातालको प्राकृतिक सौन्दर्य पनि मनमोहक देखिन्छ । जुस पिउँदै गरेकी साम्राज्ञीले ‘समर’ क्याप्सन लेख्दै तस्वीर पोस्ट गरेकी हुन् ।


क्याटेगोरी : मनोरञ्जन, समाचार, गण्डकी प्रदेश
ट्याग : #samragyee


तपाईको प्रतिक्रिया दिनुहोस