Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेशसिरहामा भुमाफियाले हडपेको सरकारी जग्गा फिर्ता गरियो

सिरहामा भुमाफियाले हडपेको सरकारी जग्गा फिर्ता गरियो


सिरहा, १२ भदौ । भुमाफियाहरुले व्यक्तिको नाममा दत्र्ता गराएको ३ बिघा भन्दा बढी सरकारी जग्गा पुनः सरकारी जग्गा कायम गरिरएको छ ।
तत्कालिन सुकुम्बासी समस्या समाधान आयोगबाट गत २०५८ सालको सुकुम्बासी समस्या समाधान आयोगबाट एउटै ब्यक्ति फौज बहादुर भट्ट क्षेत्रीको नाउँमा दर्ता गरिएको सिरहाको गोलबजार नगरपालिका ९ को कित्ता नम्बर ४२० को २ बिघा ७ कठ्ठा १५ धुर वन क्षेत्रको जग्गा वन क्षेत्रको सरकारी जग्गा कायम गरिएको हो । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभाषचन्द्र दासले संयुक्त रुपमा सुचना प्रकाशित गरी जिल्ला अदालत सिरहाको सो जग्गा सम्बन्धि २०७७ साउन २६ गतेको निर्णयको अधिकमा रही उक्त जग्गालाई सरकारी जग्गा कायम गरिएको जानकारी दिएका छन् ।

यस्तै नक्कली प्रमाण पेश गरी मालपोत कार्यालय सिरहाबाट बिभिन्न व्यक्तिको नाममा दत्र्ता भएको तत्कालित सिरहा गाउँपालिका ७ चन्द्रोदयपुरस्थित कित्ता नम्बर २५९ को १३ कठ्ठा १० धुर जग्गा समेत सरकारी जग्गा कायम गरिएको सुचनामा उल्लेख छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार