Techie IT
×
गृहपृष्ठबिचारचाडवाडमा सरकार र जनता सचेत बन्न जरुरी

चाडवाडमा सरकार र जनता सचेत बन्न जरुरी


नेपाली हिन्दूहरुको महान पर्व दशैँ नजिकिँदै छ । दशैँपछि तिहार, छठ, लोसार लगायतका पर्वहरु पनि धमाधम आउँदैछन् । चाडवाडलाई मध्येनजर गर्दै सरकारले सहुलियत दरका खाद्य साम्राग्रिको बजार खोल्ने तयारी गरेको छ । सम्भवतः आगामी असोज १ गतेदेखि सहुलियत दरका खाद्य सामाग्रीको बिक्रि सरकारले खुला गर्ने छ ।

चाडबाट नजिकिँदै गर्दा बजारमा कालोबजारी गर्ने, सामानको आफूखुशी भाउ निर्धारण गर्ने, अत्यावश्यक सामाग्रीहरुको कृतिम अभाव सिर्जना गरेर अकुत रकम कमाउन पल्किएककाहरु सल्बलाउन थालिसकेका छन् ।

कागजी रुपमा यातायातमा ‘सिन्डिकेट’ हटेपनि व्यावहारिक रुपमा त्यो अझै लागू हुन सकेको छैन । अग्रिम टिकट बुकिङका नाममा यात्रुमाथि दोब्बर भाडा असुल्ने, निर्वाध रुपमा सडकमा यात्रुबाहक सबारी साधन चलाउन रोक्ने, एउटै सिटको टिकट एक भन्दा बढि यात्रुलाई बिक्री गर्ने, यातायातका साधनको क्षमताभन्दा बढि यात्रु बोक्ने र त्यसले निम्त्याउने दुर्घटना जस्ता अनैतिक र गैरकानूनी कृयाकलपाहरु यसअघि पनि हुने गरेका थिए र यसपटक पनि नहोलान् भन्न सकिँदैन । सो कार्य रोक्नका लागि ट्राफिक प्रहरी, सामुदायीक प्रहरी र अन्य सामाजिक संघ संस्थाहरु चाडवाडको बेलामा झन कृयाशील र सकृय हुन जरुरी छ ।

चाडवाड मनाउन, किनमेल गर्न र आफन्तसँग भेटघाट गर्न सार्वजनिक स्थलहरुमा मानिसहरुको भिडभाड लाग्ने गर्दछ । यही मौकामा चोरी, डकैती, पकेटमारहरु पनि सकृय हुने गर्दछन् । बजारमा म्याद गुज्रिएकादेखि अखाद्य सामाग्रीको किनबेचसमेत हुने गरेकाले उपभोक्ता र आमसर्वसाधारण झन बढी सचेत र चनाखो हुन जरुरी छ ।

कागजी रुपमा यातायातमा ‘सिन्डिकेट’ हटेपनि व्यावहारिक रुपमा त्यो अझै लागू हुन सकेको छैन । अग्रिम टिकट बुकिङका नाममा यात्रुमाथि दोब्बर भाडा असुल्ने, निर्वाध रुपमा सडकमा यात्रुबाहक सबारी साधन चलाउन रोक्ने, एउटै सिटको टिकट एक भन्दा बढि यात्रुलाई बिक्री गर्ने, यातायातका साधनको क्षमताभन्दा बढि यात्रु बोक्ने र त्यसले निम्त्याउने दुर्घटना जस्ता अनैतिक र गैरकानूनी कृयाकलपाहरु यसअघि पनि हुने गरेका थिए र यसपटक पनि नहोलान् भन्न सकिँदैन । सो कार्य रोक्नका लागि ट्राफिक प्रहरी, सामुदायीक प्रहरी र अन्य सामाजिक संघ संस्थाहरु चाडवाडको बेलामा झन कृयाशील र सकृय हुन जरुरी छ ।

सरकारले चाडवाडको समयमा मात्र बजार अनुगमनको काम गरेको पाइन्छ । सरकार नै जनताको अभिभावक भएको हुँदा सरकार तथा अधिकार सम्पन्न स्थानीय निकायले सदैव भेदभाव नराखि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । आफ्नो दल निकटका व्यवसायी, आफ्नो नातागोताका व्यापारीलाई समेत नियम कानुनमा राख्न सक्ने हो भने जनता कलोबजारी र ठगीबाट बच्न सक्छन् । जसरी अहिले स्वतन्त्र उम्मेदवारहरुले फुटपाथ मिचेर बनाइएका संरचनाहरु निष्पक्ष रुपले भत्काउने कार्य गरिरहेका छन्, बजार अनुगमन पनि सोही ढंगले हुने हो र त्यस्ता अपराधिहरुलाई तत्काल कारबाही गर्ने संयन्त्र निर्माण गर्ने हो भने जनता ठगिनबाट जोगिन्छन् ।

केन्द्र र स्थानीय सरकारले चाडवाड लक्षित मात्र नभई बजार अनुमगनको कार्यलाई वर्षैभरि अभियानकै रुपमा सञ्चालन गरिरहन जरुरी छ । सरकारले चाडवाडलाई लक्षित गरेर खोल्ने सहुलियत खाद्यसामाग्रीको बजार बर्षैभरी संचालन गर्न जरुरी छ । अनि मात्र जनताले गाउँमा पुगेको ‘सिंहदरबार’को अधिकार प्रत्याभूत गर्न सक्छन् । जनता ठगिनबाट जोगिन्छन् ।

खाद्य सामाग्रीको मिसावट, व्यापारीहरुको अराजकता, त्यसमा मिसिएको राजनीतिक रंग, नातावाद, कृपावादलाई संरक्षण गर्ने हो भने दशैँ उल्लाशको पर्व होइन दशा बन्ने निश्चित छ । यो बेला भनेको स्थानीय तहले काम गरेर जनताको मन लोभ्याउने बेला पनि हो । जनताले सुशासनको प्रत्याभूत चाहेका छन् । जनतालाई सुशासनको प्रत्याभूती सानो कामबाट पनि दिन सकिन्छ । सुशासनकै आधारमा जनताले आगामी निर्वाचनमा दल वा व्यक्ति पनि छान्न सक्छन् । यद्यपी यहाँ पर्वलाई राजनीतिसँग जोड्न खोजिएको होइन । तर, चाडपर्वलाई हामीले अनुशासित र मार्यादित बनाउन सक्यौँ भने त्यसले राष्ट्रको गरिमालाई समेत उच्चो राख्नेमा कसैको दुईमत नहोला ।

पर्वका बेला अरुको देखासिकी गर्दै चाहिने भन्दा बढि सामान किनमेल गर्नै, हैसियतभन्दा बढि सामाग्रीहरु ऋण काढेर खरिद गर्नाले पनि दशैँ सकिएपछि पुर्पुरोमा हात लगाउनु पर्ने स्थिति आउने गरेको छ । त्यसैले दशैँ लगायतका पर्वहरुलाई हामीले कसैको उक्साहटमा नभई आफ्नो आवश्यकता, हैसियत र औकातका आधारमा मनाउने हो भने त्यसले खुशी र सुखी बनाउला । होइन भने ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई’ भन्ने उखान चरितार्थ हुने निश्चित छ ।


क्याटेगोरी : बिचार, समाचार, साहित्य
ट्याग : #breaking, #hot, #yatayat


तपाईको प्रतिक्रिया दिनुहोस