Techie IT
×
गृहपृष्ठप्रदेशबुटवलको कोरोना विशेष अस्पतालमा एक जनाको ज्यान गयो

बुटवलको कोरोना विशेष अस्पतालमा एक जनाको ज्यान गयो


रुपन्देही, १२ भदौ । बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा एक जना कोरोना सङ्क्रमित पुरुषको ज्यान गएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको गएराति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए ।

भेन्टिलेटरमा उपचाररत उनलाई गएको सात गते भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा ३६ घण्टाको अवधिमा तीन जना कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ८९ पुगेको छ ।


क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #breaking, #Corona


प्रतिक्रिया दिनुहोस