Techie IT
×
गृहपृष्ठसमाचारएक हजार एक सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

एक हजार एक सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाण्डौ, ११ भदौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा एक हजार एक सय ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा पाँच सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ७३ पुगेको छ ।

अब नेपालमा १५ हजार दुई सय ७३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ हजार चार सय ८८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस