Techie IT
×
गृहपृष्ठसमाचारकोरोना सङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको मृत्यु

कोरोना सङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको मृत्यु


काठमाण्डौ, ११ भदौ । नेपालमा आज कोरोना सङ्क्रमणका कारण गर्भवतीसहित ६ जनाको ज्यान गएको छ । आज पर्सामा तीन बुटवलमा दुई तथा पोखरामा एक जना गरी थप ६ जनाको ज्यान गएको हो ।

बाराको हर्दिया ४ की २३ वर्षकी गर्भवती, पर्साको धोवीनी गाउँपालिकाका ७२ वर्षका पुरुष, वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीका ६२ वर्षका पुरुषको उपचारका क्रममा नारायणी अस्पतालमा ज्यान गएको हो ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको तिलोत्तमा नगरपालिका(२ जानकी नगरकी ७० वर्षकी वृद्ध र कपिलवस्तु नगरपालिका १ का ५० वर्षका पुरुषको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले जानकारी दिए ।

यस्तै कास्कीको पोखरा महानगरपालिका(११ की ३२ वर्षकी महिलाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । यसैगरी योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ । यसैबीच गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तनहुँका ९, वाग्लुङका ८, लमजुङका ४, नवलपरासीका ३ र पर्वतका एक गरी २५ जनामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिए ।

लमजुङ र बाग्लुङमा कोरोना पुष्टि भएका तीन जना सुरक्षाकर्मी हुन् भने एक जना पालिकामा कार्यरत कर्मचारी हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस