Techie IT
×
गृहपृष्ठप्रदेशरोल्पामा चिर्पटले हानेर एक जनाको हत्या

रोल्पामा चिर्पटले हानेर एक जनाको हत्या


रोल्पा, ११ भदौ । रोल्पामा एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका–६ बागमाराका ४० वर्षीय मन बहादुर बादीको हत्या भएको रोल्पाका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

हत्याको आरोपमा स्थानीय ४४ वर्षीय रामचरण बादीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको उनले बताए । उनले चिर्पट दाउराले हानेर मन बहादुरको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, लुम्बिनी प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस