Techie IT
×
गृहपृष्ठराजनीतिश्रमजीवी पत्रकारलाई राहत दिइसक्ने बेलामा बल्ल अध्ययन कार्यदल

श्रमजीवी पत्रकारलाई राहत दिइसक्ने बेलामा बल्ल अध्ययन कार्यदल


नेपाल सरकार संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाको मन्त्रिस्तरीय निर्णयवाट कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असरवारे अध्ययन गर्न एक कार्यदल गठन गरिएको सार्वजनिक भएको छ । गत साउन २६ गते गठन भएको कार्यदल गठनको सूचना मन्त्रालयले दुई सातापछि मात्रै वाहिर ल्याएको हो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा गठित समितिमा पत्रकार महासंघका अध्यक्षवाहेक सबैजसो व्यक्ति मिडिया संचालक र सरकारी प्रतिनिधिहरु रहेका छन् । श्रमजीवी पत्रकार संगठनका कुनै पनि प्रतिनिधि समावेश नगरिएको कार्यदलमा महासंघका अध्यक्षलाई सरकारका सहसचिव, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिभन्दा पनि तल लगेर राखिएको छ । मिडिया संचालकहरुका तर्फवाट मिडिया सोसाइटी, बान, एक्यो-याब जस्ता संस्थालाई राखिए पनि श्रमजीवी पत्रकारका कुनै संस्थालाई राखिएको छैन ।

सरकारी कर्मचारी र मिडिया संचालकहरुको बाहुल्यता रहेको यस समितिले श्रमजीवी पत्रकारका पक्षमा भन्दा मिडिया संचालकहरुलाई सहुलियतमा ऋण र राहतका लागि आधार तयार पार्ने बुझिएको छ ।

कोरोना सक्रमणको सुरुवातमै संचार क्षेत्रमा परेको असरवारे अध्ययन गरी राहत र सहुलियत माग भएको हो । धमाधम श्रमजीवी पत्रकारहरु मिडिया हाउसले निकालेको र तत्काल ती पत्रकारलाई राहत जरुरी भएको वेला राहत र उद्दार गर्नुपर्नेमा सरकारले बल्ल अध्ययन गर्नु विषयलाई डाइभट गर्नु मात्र हो । राष्ट्र बैंकले गरेको अध्ययन र अरु विभिन्न निकायले गरेको अध्ययनमा संचार क्षेत्रमा २५ प्रतिशतसम्म श्रमजीवी पत्रकारले रोजगारी गुमाएको, ८० प्रतिशतसम्म विज्ञापन कटौती भएको र पत्रकार, कर्मचारी र कामदारको रोजगारी जोखिममा परेको प्रतिवेदन सार्वजनिक भएको छ । यसबारे विभिन्न संस्थाले गरेको अध्ययन मन्त्रालयलाई बुझाइ सकेका छन् । तर, मन्त्रालयले राहत दिनुपर्ने र संचार क्षेत्रका मुद्धा सम्वोधन गर्नुपर्ने बेलामा कार्यदल बनाएर अध्ययन गर्ने नाममा पन्छन खोज्दैछ ।

केही रकम निकासा गरेर आफ्ना वरिपरिका लागि पोस्नका लागि त अध्ययनको नाटक भइरहेको त छैन ? सरोकारवालाले प्रश्न गरिरहेका छन् ।

नवउदारवादी अर्थतन्त्रका स्पष्ट पक्षपाती र कर्पाेरेट मिडियाका पक्षपोषक सञ्चारमन्त्री युवराज खतिवडाबाट श्रमजीवी सञ्चारकर्मीको पक्षमा काम गर्ने अपेक्षा गर्नु नै वालुवा पेलेर तेल निकाल्ने जस्तो मात्र हो ।

यो पनि पढ्नुहोस,

नेपालको भन्दा अमेरिकी स्वार्थमा हिंड्ने अर्थमन्त्री

नेकपाको आधारभूत संकट विचारको भन्दा व्यवहारको


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस