Techie IT
×
गृहपृष्ठप्रदेशललितपुरको किष्ट अस्पतालमा अर्घाखाँचीका कोरोना संक्रमितको मृत्यु

ललितपुरको किष्ट अस्पतालमा अर्घाखाँचीका कोरोना संक्रमितको मृत्यु


ललितपुर, ११ भदौ । ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनलाई गत ७ गते अस्पतालमा भर्ना गरिएको र उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो। पाठकका अनुसार स्थायी घर अर्घाखाँची भएका उनी काठमाडौंमै बस्दै आएका थिए।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस