Techie IT
×
गृहपृष्ठप्रदेशनारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध


मुग्लिन, ११ भदौ । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।


क्याटेगोरी : प्रदेश, बाग्मती प्रदेश, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस