Techie IT
×
गृहपृष्ठसमाचारनियन्त्रित लागूऔषध सहित पक्राउ

नियन्त्रित लागूऔषध सहित पक्राउ


नवलपरासी, १० भदौ । गैंडाकोट नगरपालिका(२ मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागूऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपाम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका-९ बस्ने २३ वर्षीय सुवास श्रेष्ठ र भरतपुर महानगरपालिका(२ बस्ने २६ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन् । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध सहित फेला परी पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान गर्ने क्रममा उनीहरुले गैंडाकोट नगरपालिका–२ मौलाकालिका गेट नजिक बिजुलीको पोलको साइडमा लुकाई छिपाई राखेको अवस्थामा ६६ एम्पुल नुर्फिन समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार