Techie IT
×
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो


काठमाडौं, १० भदौ। काठमाडौं उपत्यकाभित्र थप एक साताका लागि निषेधाज्ञा थपिएको छ।

उपत्यकाभित्रका तीनवटै जिल्लका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक साताको लागि थप गर्ने निर्णय भएको बताएका छन्।

उपत्यकामा पहिलो चरणमा थपिएको निषेधाज्ञा समय आज राति १२ बजेबाट सकिँदै छ।

निषेधाज्ञा र संक्रमणको अवस्था बारेमा छलफल गर्न मंगलवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेको थियो। बैठकमा १० गतेसम्मको निषेधाज्ञालाई भदौ १७ गते सम्म कायम गर्न सहमत भएका छन्। यसबारे आज औपचारिक निर्णय बाहिर आउने छ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ-जाउ गर्न सक्नेछन् ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस