Techie IT
×
गृहपृष्ठप्रदेशगण्डकी प्रदेशलम्जुङमा २० जना सेनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

लम्जुङमा २० जना सेनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि


लमजुङ, १० भदौ । लम्जुङमा २० जना नेपाली सेनासहित २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश प्रयोगशालामा भएको परीक्षणमा २० जना सेना र अन्य तीन जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालय लम्जुङले जनाएको छ ।

उनीहरुलाई सामुदायिक अस्पताल सुन्दरबजार र सहरी विकास भवन सहजीको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ । अहिलेसम्म लम्जुङमा एक सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।


क्याटेगोरी : प्रदेश, गण्डकी प्रदेश, समाचार, स्वास्थ्य
ट्याग : #Corona

तपाईको प्रतिक्रिया दिनुहोस