Techie IT
×
गृहपृष्ठप्रदेशबिर्तामोडमा हात्ती धपाउन तोप प्रदान !

बिर्तामोडमा हात्ती धपाउन तोप प्रदान !


बिर्तामोड, ९ भदौ । जंगली हात्तीले दुःख दिने तथा मानिसको ज्यान लिन थालेपछि यहाँस्थित प्रजापति सामुदायिक वन समूहले आफ्ना उपभोक्तालाई हात्ती धपाउन नक्कली तोप प्रदान गरेको छ ।

सामुदायिक वनले नगरपालिका, डिभिजन वन कार्यालय झापा समेतको संयोजनमा वन समूहका २२ घरधुरीलाई नक्कली तोप प्रदान गरेको सामुदायिक वन समुहका अध्यक्ष सूर्य थापाले बताए ।

वन समुहकी सचिव मेनुका श्रेष्ठका अनुसार हात्तीको ठूलो बथानले बाली खाएर नष्ट गर्ने तथा मानिसको घर भत्काउन थालेपछि हात्ती धपाउन नक्कली तोप उपभोक्तालाई प्रदान गरिएको हो । उक्त यन्त्रबाट ठूलो आकारमा आवाज निक्कने हुँदा हात्ती डराएर भाग्ने श्रेष्ठले बताए ।

यस्तै वन समूहका गरीब २२ परिवारलाई सामुदायिक वन, सहारा नेपाल लगायतको समन्वयमा नयाँ घर निर्माण गरी साँचो हस्तान्तरण गर्नुका साथै गरीब १५ परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । विमा वापतको जनही ३५ सय रुपैँया रकम कनकाई नगरपालिका १ का वडाध्यक्ष रोशनराज पोखरेलले प्रदान गरे ।

४१७/११ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा करिब ६२० घरधुरी उपभोक्ता रहेका छन् । भारतको आसामलगायातका क्षेत्रबाट हुलका हुल आउने हात्तीको बथान सोही वन समूहको बाटो हुँदै ओहोरदोहोर गर्दा यस क्षेत्रका उपभोक्ताको बालीमा क्षति पुर्याउने गरेको छ ।

हात्ती धपाउन उपभोक्तालाई नक्कली तोप प्रदान गरिँदै ।


क्याटेगोरी : प्रदेश, प्रदेश १, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार